मन्दिर निर्माणका लागि डेढ लाख बढि सङलन

रोशन घर्ति
दाङ,बैशाख,२१-
तुलसीपुर–७ तमाखेमा जानकी मन्दिर निर्माणका लागी करिब डेढ लाख बढी रकम सहयोग संकलन भएको छ । तुलसीपुर–७ तमाखेमा निर्माण हुन लागेको श्रीराम जानकी मन्दिर निर्माण समितिको आयोजनामा भएको धार्मिक कार्यक्रममा विभिन्न व्यक्तिहरुले उक्त सहयोग गरेका हुन् । निर्माण समितिका अध्यक्ष रेशमबहादुर ओलीको अध्यक्षता समाजसेवी भुवन भुसालको प्रमुख आतिथ्य एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम भण्डारीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा भुवन भुसालले २१ हजार १ सय ११, यमलाल पराजुलीले १० हजार पाँच, प्रेमनाथ पोख्रेलले १२ हजार ६ सय १६, शालिकराम भण्डारीले १५ हजार ५ सय ५५, धनिराम पन्थीले १० हजार एक सय ५५, रेशमबहादुर ओलीले १० हजार १० रुपौया, यशोदा पौडेलले १० हजार १०, शेसुराम भण्डारीले १० हजार पाँच सहयोग गरेका छन् । त्यसैगरी दुर्गाप्रसाद भण्डारीले ५ हजार ५ सय ५५, क्षेत्रबहादुर योगीले ५ हजार एक सय, भोजबहादुर केसी, खगेश्वरी भण्डारी, गिता पराजुली, सरस्वता पोख्रेल, जिवराज भण्डारी जैसीले प्रति व्यक्ति पाँच हजार ५ सयका दरले सहयोग गरेका छन् । मन्दिर निर्माणका लागि मधु रानाले पाँच हजार १०, चेतनाराण पोख्रेलले २५ सय ५, पवित्रा पोख्रेलले २५ सय ५५, सरस्वती पोख्रेलले २५ सय ७५ इश्वरी प्रसाद पराजुलीले एक हजार ५, वेदप्रसाद शर्माले ८ सय र चुडापणी भण्डारीले पाँच सय ५ सहयोग गरेको समितिले जनाएको छ । साथै सहयोग गर्नु हुने महानुभावले यमलाल पराजुलीलाई सम्पर्क गर्न अनुरोध समेत गरीएको छ ।