प्रदेश २ मा स्थानीय तहको निर्वाचनको तयारी तीव्र

काठमाडौं,भदौं,३-

निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ माहुने स्थानीयतहको निर्वाचनको तयारी तीव्र पारेको छ । प्रदेशनम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते स्थानीयतहको तेस्रो चरणको निर्वाचन हुदैछ ।

निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगाएतका सामानहरु जिल्ला, जिल्लामा पुर्याउने, थपिएका स्थानीय तहमा मतदातानामावलि संकलनको कामलाई व्यवस्थित गर्ने काम भैरहेको आयोगले जनाएको छ ।

भदौ ७ गते भित्रआफ्नो कार्यालय स्थापना गरिसक्न निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतहरुलाई आग्रह गरेको छ भने निर्वाचन अधिकृतले भदौ १२ गते आफ्नो कार्यालय स्थापना गर्नुपर्ने छ ।

मुख्य निर्वाचन अधिकृतको लागि भोली र पर्सि २ दिनतालिम सञ्चालन हुने र त्यसपछि निर्वाचन तयारीको कामअझै तीव्र पारिने आयागेका प्रवक्ता सुर्यप्रसाद शर्माले बताउनुभयो । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्ने पनि जनाएको छ ।

निर्वाचनलाई स्वच्छ र धाँधली रहित तरिकाले सम्पन्न गराउन निर्वाचन आचारसंहिता लागू गरेकाले आचारसंहिताको पालना गरिदिन आयोगले सबैलाई आग्रह गरेको छ ।