अंग्रेजी नयाँ वर्ष २०२० आजबाट सुरु

नेपाल सहित विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाईदै

काठमाडौं,पुस,१६-

अंग्रेजी नयाँ वर्ष २०२० आजबाट सुरु भएको छ ।नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष सन् २०२० को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

इस्वी संवतको यो नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

नयाँ वर्ष २०२० को उपलक्ष्यमा सम्पुर्ण नेपाली आमाबुवा दाजुभाई दिदिबहिनी लगायत हाम्रा सम्पुर्ण पाठक वर्गहरुमा सु-स्वास्थ्य एवंम दीर्घायु जिवनको उत्तरोत्तर प्रगतीको कामना गर्दै सम्पुर्ण बिहानी अनलाईन परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।बिहानी अनलाईन सिईओ: दीपेन्द्र सारु मगर