कांग्रेस र राजपाबीच लिखित सहमति

राजपाले प्रधानमन्त्री चयनका लागि सहयोग गर्ने

काठमाडौं, जेठ, २३-

कांग्रेसले प्रधानमन्त्री निर्वाचनमा समर्थन लिन राष्ट्रिय जनता पार्टी नेपालसँग आज लिखित सहमति गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी नेपालसँग माग सम्बोधनका विषयमा लिखित सहमति गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्री निर्वाचनमा प्रधानमन्त्री पदका लागि मनोनयन दर्ता गराउनु भएका देउवाले संविधान संशोधन विधेयक पारित गर्ने, स्थानीय तहको संख्या बढाउने लगायतका विषयमा लिखित सहमति गर्ने तयारी गरेको राजपा नेता केशव झा जानकारी दिनुभयो ।

राजपाले प्रधानमन्त्री चयनका लागि सहयोग गर्ने तर सरकारमा नजाने जनाएको छ ।यसअघि राजपाले शसर्त प्रधानमन्त्री निर्वाचनमा भाग लिने बताएपछि माग सम्बोधनका लागि लिखित सहमति हुन लागेको हो । कांग्रेस र राजपाबीच प्रधानमन्त्री निर्वाचन अघि बैठक बस्ने तयारी छ ।नेपालवाणीवाट