भेरी अञ्चल तालिम केन्द्रले दिएको तालीम सन्तोष जनक छ :गौतम

मधुपौडेल,

बाँके,असार,२४-

व्यवसायी तथा सिप मुलक तालिम केन्द्र भेरी अञ्चल बाँकेले आफुले दिएका तालिम प्रति पुर्ण सन्तुष्ट रहेको एक कार्यक्रममा बताएको छ ।

केन्दका भेरी अञ्चल बाँके प्रमुख जेन्टिल गौतमले नेपालगंज एफएमको शनिवारे विषेश कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रममा प्रमुख गौतमले कार्यलयले कुनै पनि सेवा सुविधा नदिई कुनै सहभागिताको लागि आव्हान गर्दा पनि विद्यार्थीको कमी नहुने बताउनु भएको थियो ।

प्रमुख गौतमले व्यवसायी तथा सिप मुलक तालिम केन्द्र ले तालिमहरु पुर्ण आवश्यक स्रोत साधनको प्रयोग गरीने हुदाँ तालिमको गुणस्तरता पनि निकै राम्रो भएको बताउनुभयो ।

प्रमुख गौतमका अनुसार मध्येम वर्गको बढि सहभागिता रहने गरेको हुदाँ अव आफुहरुको ध्यान निम्नवर्ग तिर बढेको बताउनु भयो ।