धनगढी उपमहानगरपालिकामा कांग्रेसका मेयर तथा उपमेयर बिजयी

के.पि खनाल क्षेत्र

कैलाली,असार,२४
प्रदेश नं. ०७ को एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत सहित मेयरमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत पाए भने उपमेयरमा पनि कांग्रेसकी सुशीला मिश्र भट्ट १७ हजार ४०८ मत सहित विजयी भइन् उनकी  प्रतिष्पर्धी एमालेकी रुकमणी देवकोटाले १२ हजार ७७३ मत ल्याइन् ।