सिकाई उन्नतीको लागि तिन थान कम्प्युटर समाग्री वितरण

मधु पौडेल
बाँके,मंसिर १६-सेभ द चिल्ड्रेनको सहयोग , जिल्ला शिक्षा कार्यलयको समन्वय तथा बाके युनुस्को क्लवको आयोजनामा आज बाके,नेपालगंज –१३ गोसाइगाउ“ को श्री हनुमान नेपाल राष्ट्रिय प्राथामिक विद्यालयमा विद्यार्थीको सिकाई उन्नतीको लागि तिन थान कम्प्युटर लगायतको समाग्री वितरण गरीएको छ ।विद्यालयव्यवस्थापन समितीको अध्यक्ष लक्ष्मी नारायण बर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा सदस्य,युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगका हरिवंश किरा“त ररहनु भएको थियो । कम्युटर सहयोग तथा हस्तान्तरण कार्यक्रममा सोही विद्यालयका प्रधानध्यापक पुष्पालक्ष्मी अर्यालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उदेश्यको बारेमा युनेस्को बाकेका कार्यक्रम संयोजक आशिष वर्माले राख्नु भएको थियो । उक्त सहयोग तथा हस्तान्तरण कार्यक्रमा जिल्ला बाल कल्याण समितिका शोभाराम बस्नेत , वियुसीका अध्यक्ष प्रवेज अलि सिद्धीकी ,संस्थाका बरिष्ठ सल्लाकार तथा प्रत्राकार निरज गौतम ,वडा नागरीक मंचका वडा संयोजक केदार प्रसाद शर्मा , संघीय समाजवादी फोरमका माया सोनी ,विद्यायलय व्यवस्थापन समितिका सदस्य बलराम ठाकुर,सामाज सेवी ,बुद्धिजिवी लगाएतको उपस्थिति रहेको थियो ।

15281803_754504131382622_835664362_nकार्यक्रमको बारेमा प्रतिक्रिय दिदै स्थानीय बासी आयोध्या बर्माले बच्चाहरुले कम्युटरबाट सिक्ने तथा राम्रो हुने बताउनु हुन्छ । कक्षा १,२,३ लाई विभिन्न विषयहरुलाई इन्टरनेट तथा कम्प्युटरको मार्फत बाट सिकाउदा अझ प्रभावकारी हुने कुरा विद्यालयका प्रअ आर्याल बताउनु हुन्छ । उहा भन्नु हुन्छ ,युनेस्को यस विद्यालयलाई धेरै सहायोग गरीरहेको छ ,यो सहायोग  पनि विद्यार्थीको शिक्षा आर्जन गर्ने कुरामा सहयोग हुने छ ” । बाकेका १९ओटा विद्यालयहरुमा सहयात्रा परियोजना सञ्चालनमा रहेको तर २०१५ मा बागेश्वरी आधारभुत विद्यालय बेलापुरमा गरीयो आइटी सहायोग यो वर्ष हनुमान प्राविमा गरीएको कुरा युनेस्का इश्वर विक ले जनाकारी दिनु भयो । यसै गरी उक्त विद्यालयलाई विहिबारका दिन देखी शान्ति क्षेत्रका रुपमा पनि घोषण गरीएको छ । विद्यायलया सधै भरी पढाई हुनु पदछ ,बन्द अडतालजस्ता कार्यक्रमले विद्यालयमा कुनै असर पार्नु हुदैन भन्ने मनसायका साथ विद्यालयलाई शान्ति क्षेत्र घोषाण गरीएको हो ।

बाके युनेस्को को पहल तथा स्थानिय राजनितिक दल , विद्यालय व्यवस्थापन संघ, स्थानिय वासी, पत्रकारहरुको समुहीक छलफलबाट विद्यालयलाई शान्ति क्षेत्र घोषण गरीएको थियो । गोसाइ गाउ ,अन्नपुर्णटोल ,चौलीका बाट आउने गरेका उक्त विद्यालयमा हाल १८० विद्यार्थी हरुले अध्ययान गर्ने गरेका छन जसमा ३०.५ प्रतिशत मुस्लिम ,२७. ८ प्रतिशत दलित , ४१.७ प्रतिशत अन्य रहेका छन भने ९६ छात्रा र ६३ छात्र रहेको  विद्यालय बाकेको छात्राबको  संख्या बढि रहेको बाकेमा संभवत विद्यालय यही नै हो भन्ने दावी गर्नु हुन्छ प्रअ अर्याल  ।  कार्यक्रमको सहजीकरण बाके युनेस्को का ईश्वर विक ले गर्नु भएको थियो ।