डा.केसीको अवस्था झनै गम्भीर, देशभरका चिकित्सक आन्दोलित

काठमाडौं, मंसिर १६-आमरण अनसनमा १९ दिनदेखि रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा.गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएको छ ।जीवनरक्षाका लागि दबाब बढाउन देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।चिकित्सक संघको आह्वानमा बिहीबार देशभरका स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सेवा एक घण्टा बन्द गरिएको छ ।केसीको माग र अनसनप्रति सरकार अनुदार देखिएको भन्दै चिकित्सक संघले पहिलो दिन बिहीबार बिहान १० देखि ११ बजेसम्म अस्पतालका आकस्मिकबाहेक सेवा बन्द गराएको हो ।

संघले सम्बन्धित संस्थाका परिसरमा उभिएर डा. केसीको जीवनरक्षाको माग गरेको छ ।संघले डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै पूरा गर्न सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको थियो ।समयसीमाभित्र माग पूरा नभए देशव्यापी सेवा बहिष्कार गर्ने चेतावनी पिनि संघले दिएको छ ।त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका आवासीय चिकित्सकले मंगलबारदेखि नै आकस्मिकबाहेकका सेवा छाडिसकेका छन् ।

केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९धरान०, चितवन, पोखरा, काभ्रे, उदयपुर, बुटवल, नेपालगन्ज, धनगढी र दोलखालगायत ठाउँमा समेत चिकित्सक तथा स्वास्थ्यकर्मी आकस्मिकबाहेकका सेवा छाडेर सडकमा उत्रिएका छन् ।वीर तथा ट्रमामा कार्यरत आवासीय चिकित्सकले डा। केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै अस्पतालअगाडि धर्ना दिएका छन् ।