प्रदेश नम्वर ५बाट पहाडी जिल्लालाइ अलग गराउने निर्णयको चन्द्रौटा लगायतका क्षेत्रमा बिरोध जारी

अराज सिहं बेल्बासे,

15301343_926545367480119_311058753_nकपिलवस्तु मंसिर १६-प्रदेश नम्वर ५बाट पहाडी जिल्लालाइ अलग गराउने बर्तमान सरकारको निर्णय मान्य नहुने बताउंदै संसदमा दर्ता गरिएको संविधान संसोधनको प्रस्ताव सच्चाउन माग गदैं कपिलवस्तुका विभिन्न स्थानमा प्रर्दशन भएको छ । एमाले कपिलवस्तुको आयोजनामा जिल्लाको गोरुसिंगे, चारनम्वर जितपुरमा भएको विरोध प्रदर्शनमा नेपाली कांग्रेस, राष्टिय जनमोर्चा, नागरिक समाज, बुद्धिजिवी लगायत सयौको संख्याका सहभागीले आन्दोलनमा ऐक्यबद्धता जनाउंदै प्रदर्शनमा उत्रेका छन् ।यस्तै आजै चन्द्रौटा क्षेत्रमा अनेरास्वियुले पनि बिरोध स्वरुप ¥यारी निकालेको छ यस्तै चन्द्रौटामा सर्बदलिय बैठक बसी आज बिरोधका कार्यक्रम तय भएका छन ।

आन्दोलनका सहभागीले दलिय एकता कायम छ, हिमालपहाडतराइ कोइछैन पराइ भन्ने मुल नाराका साथ प्रर्दशन पछि आयोजित विरोध कार्यक्रमका बक्ताहरुले ९० प्रतिशत जनताको मतबाट निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयको सट बर्तमान पुष्पकमल दाहाल सरकारले भारतको इशारामा एकपछि अर्को राष्ट घाति काम गरेको आरोप लगाएका छन् ।

15319371_926545364146786_1582339151_nमधेशका माग सम्वोधन गर्ने नाममा प्रदेश नम्वर ५ बाट पहाडका जिल्ला हटाउने निर्णय तत्काल फिर्ता लिन बर्तमान सरकारलाइ आग्रह गदैं नेपाली कांग्रेसका जिल्ला नेताले समेत देश रहेमात्र राजनितिक पार्टि रहने ठहर गदैं आन्दोलनको समर्थनमा उत्रेका छन् ।विरोध कार्यक्रममा राष्टिय जनमोर्चाका राम प्रसाद बेल्वासे, नेपाली कांग्रेसका पदम प्रसाद खनाल, एमालेका जिल्ला अध्यक्ष झविलाल पोखरेल, विकास आचार्य लगायतले सरकारले संसद सचिवालयमा दर्ता गरेको संबिधान शंसोधन विधेयक तत्काल फिर्ता लिन आग्रह गदैं अन्यथा कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।

यसैविच कपिलवस्तुका विभिन्न स्थानमा युवाविद्यार्थिले सरकारको निर्णयको विरोध गदैं बुधबार साझं साल जुलुस प्रर्दशन गरेका थिए ।यस्तै पाँच नम्बर प्रदेश टुक्र्याएको विरोधमा आज पनि बुटबलमा विहानैदेखि प्रदर्शन भएको छ ।यातायात बन्द भएको छ भने विद्यार्थी संगठनहरुले सडकमा प्रदर्शन गरिरहेका छन् । बजार, कलकारखाना समेत ठप्प भएका छन् ।सरकारले संसदमा संविधान संशोधन बिधेयक दर्ता गराएसँगै प्रदेश न ४ र ५ मा आन्दोलन सुरू भएको हो ।

15327746_926545384146784_144376214_nअखण्ड प्रदेश नम्बर ५ प्रदेश दबाब अभियान लुम्बिनी तथा नेसिबसंघ, अनेरास्वियु, अखिल छैठौं लगायतका बिद्यार्थी संगठनहरुले संयुक्त बन्दको अह्वान गरेका हुन् यस्तै सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अर्घाखाँचीमा अनिश्चितकालिन बन्दको आह्वान गरिएको छ ।

पाँच नम्बर प्रदेश अन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्वर प्रदेशमा गाभेकोे भन्दै उद्योग वाणिज्य संघको नेतृत्व तथा विभिन्न संघसंस्थाको आयोजनामा बन्द आह्वान गरिएको हो । बन्दका करण जिल्लाका सम्पुर्ण शिक्षण संस्था, कलकरखाना, बजार र यातायातका साधन बिहानैदेखि ठप्प छन्  ।