पुरीको निर्देशनमा प्रियसी म्युजिक प्रा.लीले ल्यायो “रोप छुरा”

सिर्जना बर्देवा,

ओखलढुङगा,असार,२३-

पछिल्लो समयकी एक चर्चित निर्देशक बबिता पुरीको निर्देशनमा मर्मस्पर्शी गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । प्रियसी म्युजिक प्रा.लीकी प्रबन्ध निर्देशक समेत रहेकी पुरीको निर्देशनमा एक पछि अर्को गर्दै निक्कै म्युजिक भिडियो बजारमा आउने क्रममा छन् र आएका पनि छन् ।

आएका जति पनि म्युजिक भिडियोलाई दर्शक स्रोताले निक्कै रुचाएका छन् । यसैक्रममा “रोप छुरा” बोलको लोकदोहोरी गित भर्खरै सार्बजनिक गरिएको हो । यस बियोगान्त गितको लय सिर्जना ऋषि खड्काको रहेको छ भने शब्द सिर्जना कमल साईलो र दर्पन यात्रीको रहेको छ ।

चर्चित गायिका पूर्णकला बिसी र स्वयम साइलोको सुमधुर स्वर रहेको यस गितको एरेन्ज भने एरेन्जर यात्रीको रहेको छ ।यस भिडियोमा चर्चित मोडल आशा खड्का,आल्सन क्षेत्री र हरी अधिकारीको उत्कृष्ट अभिनय रहेको छ ।

मुकेश हुमागाइको छायांकन रहेको यस भिडियोको सम्पादन अभिनास डिसीेले गरेका छन् । पि एम ईन्टरटेन्मेन्टले दृष्य निर्माण गरेको यस भिडियो तथा अडियोलाई अहिलेको चर्चित म्युजिक कम्पनी प्रियसी म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।