लोक दोहोरी गायक अर्याल र गायीका केसिको आवाजमा रहेको बद्रि पौडेलको,पन्चेबाजाको गीत सम्झना पल पलको म्युजिक भिडियो सार्वजनिक

रुपन्देहि,मंसिर २९-पछिल्लो समयमा स्टेज कार्यक्रममा ब्यस्त देखिने रुपन्देहि सैनामैना १२ का लोक तथा दोहोरी गायक भीष्म अर्याल र बाग्लुंगे गायीका सिता केसिको आवाजमा रहेको बद्रि पौडेलको  पन्चेबाजाको गीत सम्झना पल पलको  म्युजिक भिडियो  सार्वजनिक भएको छ । पेशाले शिक्षक भएता पनि दोस्रो पेशाको रुपमा गीत संगीत अँगालेका अर्याल बि. स..२०६६  साल देखि गीत संगीतमा होमीएपछि अर्यालले कुन्नि किन हो , बिछोड पत्रमा , देशको हालत , पाल्पा तिरकी, मनको कुरो हो, सुनन ए काली, मायालुले लगएत्का गीतहरुमा स्वर दिई सक्नु भएको छ । एक दर्जन जति गीतमा आफ्नो स्वर दीइसक्नु भएका गायक  अर्यालले पहिलो पटक पन्चेबाजाको गीतमा स्वर दिनुभएको हो । बर्तमान् समाजमा घटेका घटनालाई गीत मार्फत दर्शक, श्रोता माझ पूर्याउने गरेको गायक अर्यालको भनाई रहेको छ । उक्त गीतमा लय तथा शब्द संकलन पनि स्वयम् अर्यालकै रहेको छ ।

samjhanaगायक अर्यालले लेखेका गीतहरुमध्य यो गीत सबै भन्दा उत्क्रीस्ट भएको र सम्पूर्ण दर्शक ,श्रोताहरुले मन पराउनेमा उहाँले आफू बिस्वस्त रहेको बताउनु भएको छ ।बुटवलमा छायांकन गरिएको उक्त भिडियोमा बिष्णु भट्टराईले निर्देशन गर्नु भएको छ,भने बुटवलकै कलाकार सबिन बराल र रोशनि ज्ञवालीले मुख्य भुमिका निर्बाह गर्नु भएको छ,भने लक्ष्मन पन्थि , कल्पना पान्डे , चिरन बराल , नबिन मरासिनि , शिवदेव अर्याल, किशोर पौडेल , बिरेन्द्र अर्याल, सागर् घिमिरे लगाएतका कलाकारको भुमिका रहेको उक्तm भिडियोको छायांकन राम चन्द्र भट्टराईले गर्नु भएको हो ।अबिरल् फिल्म्स् प्रा. लि. ले बजार् ब्यबस्थापनका गरेको गीतको भिडियोमा बिभिन्न परिस्थितिको कारण छुटिएका प्रेमी प्रेमिका बिबाहमा भेट भएर आफ्नो अतितलार्इ सम्झिएको बिषय बस्तुलाई समेटीएको छ । अबिरल् फिल्म्स् प्रा. लि. ले बजार् ब्यबस्थापन गरेको भिडियो अबिरल् फिलिम्सकै आधिकारिक युटुब च्यानल देखि सार्वजनिक गरिएको छ ।