ओखलढुंगेली श्रष्टा तथा सर्जक माझीको “पुर्बेली मायाले” चर्चामा

सिर्जना बर्देवा,

ओखलढुङगा,साउन,१-

पछिल्लो समय लोक सागीतिक बजारमा हजारौं श्रष्टा तथा सर्जकको भिडमा आफुलाई चिनाउन सफल एक सफल कलाकार हुन् सिता माझी । सानै देखी गित संगीत रुचाउने उनि अहिले एक सफल कलाकार बनेकी छिन् ।

लय तथा शव्द सिर्जना गर्न उनिलाई कुनै ठुलो कुरा हुदैन उनि शव्द सिर्जना अनि लय सिर्जना गर्न निक्कै सिपालु छिन् र गाउन पनि उतिक्कै सिपालु छिन् । माझी बास्तवमा सुमधुर स्वरकी धनि छिन् ।

पात्ले २ कातिकेमा जन्मिएकी उनि अहिले काठमान्डौलाई आफ्नो कर्म थलो मानेर गितसंगीतमा निरन्तर लागीरहेकी छिन् । माझीको सिर्जना स्वर रहेको गीतहरु बजारमा धेरै रहेका छन् र दर्शक स्रोताले पनि अति रुचाएका छन् ।

“ओखलढुंगा घर” बोलको गित बाट चर्चाको शिखर चुमेकी माझीको अर्को पुबेर्ली गित “पुर्बेली मायाले” अहिले निक्कै चर्चामा रहेको छ ।

माझीको उत्कृष्ट लय तथा शव्द सिर्जना रहेको यस पुर्बेली गितमा स्वर पनि स्वयम माझी र गंगा प्रशाद घिमिरेको रहेको छ ।

घिमिरेको प्रस्तुती रहेको यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल पार्बति राई र नरेश बिर सिहंको उत्कृष्ट अभिनय रहेको छ ।
यस भिडियोको निर्देशन रबिन थापाले गरेका छन् ।

भिडियोमा छायाँकन शम्भु चालिसेको रहेको छ भने सम्पादन प्रबिन रेश्मी मगरले गरेका छन् । शिबदर्शन फिल्मस्ले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियोलाई स्वयम म्युजिक कम्पनि शिबदर्शन फिल्मस्ले नै बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्नुहोस् ।