युएईबाट सभामुख घर्ती आज स्वदेश फर्कदै

काठमाडौ, मंसिर २९- विश्वभरका महिला सभामुखहरुको सम्मेलनमा भाग लिन युएई जानुभएकी सभामुख ओनसरी घर्ती आज स्वदेश फर्कनुहुने भएको छ ।उहाँ आज राती पौने ८ बजे स्वदेश फर्कने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । संयुक्त अरब इमिरेट्स युएईमा सम्मेलन भएको सम्मेलनमा नेपालबाट पहिलोपटक सभामुख सहभागी हुनु भएको हो ।सम्मेलनमा सभामुख घर्तीले नेपालको प्रतिनिधित्व गर्दै आफ्नो भनाई राख्ुनभएको थियो ।

दुईदिनसम्म भएको सम्मेलनमा सभामुख घर्तीसँगै प्रमुख दल काँग्रेसकी सांसद सीता गुरुङ, एमालेकी टुंकाभद्र हमाल, माओवादी केन्द्रकी कमला दोङ र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्राई सहभागी हुनुभएको थियो ।सम्मेलन अबुदाबी घोषणा पत्र जारी गर्दै सकिएको हो । प्रतिपक्षी दलले सदन अवरोध गरेपछि संसदको बैठक मंसिर ३० गतेसम्मका लागि स्थगित गरी सभामुख घर्ती युएई जानुभएको हो ।