जेविको ३७ औ जन्म जयन्ती

नेपालगंज,मंसिर , विषेशगरी जन्मदिनमा  विद्यालयको जन्म जयन्तीमा सास्कृतीक कार्यक्रम गरेर मनाइने गरे पनि नेपालगंज बाकेमा रहेको निकै पुरानो विद्यालय जय वागेश्वरी उच्चमावि ले भने मंसिर २७ गते सोमबार आफ्नो विद्यालयको ३७ औ जन्म जयन्ती फरक ढंगले मनाएको छ । जय बागेश्वरी उच्च मावि ले धेरै भन्दा  विद्यार्थीहरुलाई उत्पादन गर्दै आएको हो  । २०३७ सालमा स्थापित विद्यालयले आज आफ्नो ३७औ जन्म जयन्तीको अवसरमा कक्षा नर्सरी देखी बाह्र कक्षाका विद्यार्थीलाई पुरी तरकारी  खुृवाएर गरेको छ ।

प्रत्येक शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप हुने भएकाले विद्यालयको जन्म दिनमा पुरी तरकारी खुवाएको कुरा विद्यालयका संयोजक सानुमन सिएसले बताउनु भयो । उहा भन्नु हुन्छ“ हामीहरुले गएको शुक्रवार खाद्य उत्सव मनाएका थियौ र प्रत्यक शुक्रबार फरक फरक खालका विद्यालय क्रियाकलाप हुन्छ , त्यसैले विद्यालयको जन्म दिनमा पुरी तरकारी र अचार खुवाएका हौ ।

खास गरी मंसिर २८ गते विद्यालयको जन्म दिन भए पनि उक्त दिन सरकारी विदा भएको हुदा २७ गते नै  विद्यालयको जन्म उत्सव मनाउन लागेको कुरा संयोजक बताउनु हुन्छ । आफुहरु विद्यालयका यस्ता कार्यक्रमले निकै खुशी भएको र नृत्य पनि भै दिएको भए अझ राम्रो लाग्ने र विद्यालयको प्रगति भएको देख्न मन लाग्ने कुरा सो विद्यालयकी छात्रा सदीक्षा घिमिरे बताउनु हुन्छ  ।

यसैगरी विद्यालयका यस्ता कार्यक्रम निकै रोचक तथा महत्वपुर्ण भएको र विद्यालयको इतिहासको बारेमा पनि थाह पाए अझ राम्रो हुने थियो भन्नु हुन्छ साझी कार्की । उहा भन्नु हुन्छ “ हाम्रो विद्यालयले धेरै कार्यक्रम गर्ने गर्दछ जो हाम्रो लागि अति राम्रो हो , र विद्यालयको प्रोग्रेसको बारेमा पनि जान्न मन छ ।

विद्यालयको जन्म जयन्तीको विषयमा प्रतिक्रिया दिदै विद्यार्थी योगेश प्रसाद शाह भन्नु हुन्छ “ म निकै खुशी छु , समय समय मा यस्ता कार्यक्रम भै रहन्छ ” विद्यालयको जन्म जयन्तीको विषयमा कुरा गर्दै विद्यालयका शिक्षक प्रतिनिधि महेश बहादुर पन्त यसो भन्नु हुन्छ “ सुरुवात देखी नै यस्ता कार्यक्रम गर्दै आइरहेको छ ,राम्रो हो हुनु पर्दछ ”। हाल विद्यालयमा नर्सरी देखी १२ सम्म करीव १४५० विद्यार्थीहरु रहेका छन भने विद्यालयले करिव १०० कर्मचारी रहेका छन जसले गर्दा यी साना कुराहरुले पनि संस्थागत विद्यालयको भुमिका शिक्षा तथा रोजगारीका लागि भन्ने सोच्नु पर्दछ  ।