संविधान संशोधन प्रस्तावलाई स्थगनको अवस्थामा राखेर चुनावमा जानुपर्ने : गच्छदार

काठमाण्डौं,मंसिर २९-मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन प्रस्तावलाई स्थगनको अवस्थामा राखेर चुनावमा जानुपर्ने बताउनु भएको छ । आज विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग उहाँले संविधान संशोधन प्रस्तावले समस्या समाधान नहुने भन्दै त्यसलाई थाती राखेर चुनावमा जानुपर्ने बताउनुभयो ।

सरकारले पर्याप्त गृहकार्य्बिना नै संशोधन प्रस्ताव दर्ता गरेर गल्ती गरेको उहाँको भनाइ थियो । अहिलेको अवस्थामा पुरानै संरचनामा भएपनि स्थानीय तहको निर्वाचनमा जानुपर्नेमा उहाँले जोड दिनुभयो  ।