महेन्द्र बहुमुखी क्याम्पसको मानविकी संकायद्वारा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

नेपालगन्ज,चैत्र,२७-
महेन्द्र बहुमुखी क्याम्पसको मानविकी संकायले शुक्रबार मानविकी प्रथम वर्षको बिद्यार्थीलाई स्वागत र तेस्रो वर्षका बिद्यार्थीलाई बिदाई गरेको छ।

मानविकी संकाय अन्तर्गत दोस्रो  वर्षका बिद्यार्थीद्वारा आयोजना गरिएको उक्त कार्यक्रम सर्मिला केसीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमको प्रमुख अतिथिमा महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन पोखरेल र अनेरास्ववियु     महेन्द्र बहुमुखी क्याम्पसका  सचीव प्रकाश बिक रहनु भएको थियो।

त्यस्तै अतिथिहरुमा नेबिसंघका सिपी देवकोटा, अखिलक्रान्तिकारिका धुर्व जिसी लगायत अन्य विशिष्ट व्यक्तित्वहरु रहनु भएको थियो।

कार्यक्रममा अखिलक्रान्तिकारीका धुर्व जोशी र अनेरास्ववियुका प्रकाश बिकले आफ्नो मन्तव्य राख्नु भएको थियो। मन्तव्य राख्दै अनेरास्ववियुका सचिव बिकले भन्नू भयो,”शैक्षिक रुपान्तरणमा अनेरास्ववियु सधै
बिद्यार्थीको पक्षमा नै रहने छ।”

मानविकी संकायका बिद्यार्थीहरु लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम     लन्क शाहिले  सन्चालन गर्नु भएको महेन्द्र बहुमुखी क्याम्पसकी छात्र सुप्रना मल्लले जानकारी दिनु भयो।