मोडल थापाको अभिनयमा “संरगम” सार्बजनिक

सिर्जना बर्देवा,

ओखलढुङगा,असार,२३-

पछिल्लो समयका चर्चित मोडल बुद्धबिर थापाको अभिनयमा आधुनिक गित “संरगम” सार्बजनिक भएको छ । संरगम एल्बममा समाबेश रहेको यस गितको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो ।

प्रेम सम्बन्धमा आफ्नो प्रेमी वा प्रेमीका संग खटपट भएको भावलाई यस गितको म्युजिक भिडियोमा प्रष्ट देख्न सकिन्छ । अर्जुन सोनामको लय सिर्जना रहेको यस गितको शव्द सिर्जना भने तुल्सी गिरीको रहेको छ । गितमा अहिलेकी चर्चित गायीका सुनितामी परियारको एकल स्वर रहेको छ ।

अभिनयमा थापा सगै गायीका परियारलाई देख्न सकिन्छ ।चर्चित निर्देशक मिलन कार्कीको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन सागर गौतमको रहेको छ भने सम्पादन स्वयम निर्देशक कार्कीले नै गरेका छन् । परेली फिल्मस प्रा.लीले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियोलाई संरगम संगीत प्रा.लीले बजार व्यबस्थापन गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।