नेपालगन्ज महोत्सवमा मेलिना र चक्रको प्रस्तुती हेर्न ओर्लिए अत्याधिक दर्शक

नेपालगंज,माघ,६-

नेपालगन्ज महोत्सवको दशौ दिन शनिबार बहुचर्चित गायिका मेलिना राई ,चर्चित गायक चक्र बम, मोडेल निशा पुरी र लोकपप गायिका भावना आचार्यले शनिबार उपस्तिथ दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।

चर्चित गीत कुटुमा कुटु गीत गाउँदै स्टेज उक्लेकी गायिका राइले चर्चित गीतहरु गोजिमा दाम छैन, कसरी कसरि, पिरिम नलाउने लगाएतका दर्जनौ गीतहरु गाएर आज म उपस्थित दर्शकहरुलाई झुमी झुमी नचाएकि थिईन।

त्यस्तै मेलामा गायक चक्र बमले पनि दर्शकहरुलाई चर्चित गीतहरु दारु सड्काउने, झुमा, बिद्या नास, पटपटाना लगाएत अन्य दर्जनौ गीत गाएर दर्शकहरुलाई उफ्री उफ्री नचाएका थिए। नेपालगन्जको महोत्सवमा पहिलो पटक आएका गायक बमलाई दर्शकहरुले भरपुर साथ दिएका थिए।

मेलामा भावना आचार्य र मोडेल निशा पुरीले पनि आफ्नो प्रस्तुती दिएर दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए। सफलताका साथ दशौ दिनसम्म आएको महोत्सवमा सेमिफाइनलका लागि नृत्य प्रतियोगिता पनि आजै सम्पन्न भएको थियो।

प्रचारप्रसार संयोजक सुनिल रेग्मिका अनुसार आज जम्मा १७ जनाले प्रतिस्पर्धा गरेका थिए। जस्मध्ये ७ जना आजबाट बाहिरिएका थिए। प्रतिस्पर्धिले आइतबार फाइनलका लागि प्रतिस्पर्धा गर्ने छन।

मेलाको एघारौ दिन माघ ६ गते युवाहरुको ढुकढुकी चर्चित गायक दुर्गेस थापा, लोकदोहोरी गायिका करिश्मा घर्ती र चर्चित डान्सर दिपाशा बिसि लगाएत अन्य थुप्रै कलाकारहरुको प प्रस्तुती रहने आयोजकले जनाएको छ।महोत्सव माघ ८ गते सम्म लाग्ने आयोजकका अध्यक्ष नन्दु बुढाले जानकारी दिए।