चर्चित गायक सुनिल गिरीले गाए पहिलो पटक डान्सिङ्ग दोहोरी गीत

नेपालगंज,माघ,५-

चर्चित गीत को होला त्यो बाटै चर्चाको शिखरमा रहन सफल गायक सुनिल गिरीले गायिका अपेक्षा गिरी संग गाएको पहिलो डान्सिङ्ग दोहोरी गीत सोल्टिनीूशुक्रबार सार्बजनिक भएको छ।

यस भन्दा अगाडि देउराली भन्ज्याङ्ग, कोहोला त्यो २, कस्तो यो मन, झरी परेछ लगाएतका दर्जनौ चर्चित गीत गाइसकेका गायक गिरिले पहिलो पटक दोहोरी गीत गाएका हुन।यो गीत भन्दा पहिले एकल आवाजमा मात्रै गीत बजारमा ल्याएका थिए।सुनिल गिरी कै सङ्गीत तथा शब्द रहेको उक्त गीतमा नव गायिका अपेक्षा गिरीले आवाजमा साथ दिएकि छिन।

दिपेन्द्र तिमिल्सिना को निर्देशनमा रहेको उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल अन्जली अधिकारी र नायक पुष्प खड्काको अभिनय रहेको छ साथै उक्त म्युजिक भिडियोलाई संदिप थापाले छायांकन गरेका हुन भने मनोज कार्किले सम्पादन गरेका हुन।गितको सम्पुर्ण युनिटलाई सफलताको कामना व्यक्त गर्दछौ ।