तराईमा बढेको चिसो आजदेखि कम हुदै जने मौसमविदको भनाई

काठमाण्डू, मंसिर २९ – लगातार तराईका जिल्लाहरुमा बढिरहेको चिसो आजदेखि केही मात्रामा कम हुने मौसमविदले बताएका छन् । भारतीय सीमा क्षेत्रमा बनेको उच्चचापीय क्षेत्र कमजोर हुँदै गएकाले चिसो केही कम हुने मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।उहाँका अनुसार अहिले केही ठाउँमा लागेको हुस्सु दिउँसोपछि हटेर मौसम सफा हुनेछ । बिहीबार भोली देखीबाटै देशभरि नै तुलनात्मक रुपमा कम हुस्सु लाग्ने अुमान गरिएको छ ।

तर चिसो बढेपनि शितलहर भने सुरु भईसकेको मौसमविद् पोख्रेलको भनाई छ ।उहाँका अनुसार शितलहर सुरु हुन औषतभन्दा एकैपल्ट झण्डै ४–५ डिग्री सेल्सियस घटेर कम्तिमा १० डिग्री सेल्सियस भन्दा कम तापक्रम हुनुपर्छ । यस्तै ३–४ दिनसम्म निरन्तर बाक्लो हुस्सु लाग्नुपर्छ । केहीदिनयता बाक्लो हुस्सुको कारण चिसो बढेपनि बिहीबारसम्म मौसम सफा हुने भएकाले तराईका बासिन्दालाई राहत महशुस हुने मौसमविदको अनुमान छ ।