बाँके,मंसिर २१ –प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाले बाँकेमा आफ्नो काम सुरु गरेको छ । दिगो विकासका लागि आत्मर्निभर तथा व्यवसायीक कृषिको विकास गर्न परियोजनाले यसैसाता जिल्ला कृषि विकास कार्यालयमा पत्र पठाएर कामको सुरुवात गरेको हो । कृषि मन्त्रालयले सुरु गरेको प्रधानमन्त्री मृषि औद्योगिककरण परियोजना १० वर्षे कार्यक्रम भएको कार्यालय प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो । उक्त परियोजनाका लागि बाँकेमा ५ करोड ७० लाख रुपैया विनीयोजन भएको छ ।
स्वदेशी लगानी सोच अनुसार उक्त परियोजनालाई सञ्चालन गर्न लागिएको हो । आधुनिकिकरण संगै त्यसको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बस्नेतले बताउनुभयो । यसमा आधुनिकिकरण पनि उतिकै रहेको उहोको भनाई छ । कृषि मन्त्रालयको डिजाईन अनुसार यसमा चार वटा सम्भाग रहेको छ । पकेट क्षेत्र,बल्क,जोन र सुपरजाने सम्भाग अनुसार कार्य गरिने योजना रहेको बस्नेतले जानकारी दिनुभएको छ ।