किरण खडकाको सातौ गित सुस्तरी आयौ तिमी सार्वजनिक

कपिलबस्तु,मंसिर २१-सांगितीक करियरको सुरुवातका क्रममा रहेका कपिलवस्तु बाणगंगा नगरपालिका वनगाईका युवा गायक किरण खडकाको सातौ गित सुस्तरी आयौ तिमी नामक गितको म्युजिक भिडीयो सार्वजनिक भएको छ । रोमान्टिक पप विधा अन्र्तगत सार्वजनिक गरीएको गितमा युवा पुस्ताको रोजाईमा परेको छ । २ दिन अगाडी यु ट्युवको आभिरल फिलिम्स च्यानल बाट रिलिज गरीएको हो ।सो गितमा रुपन्देही सालझण्डीका आरती मगरले पनी स्वर दिएकी छिन ।

sustari aayau स्वाभिमान क्रियसनको प्रस्तुती र आभिरल फिलिम प्रा लि निर्दैशनमा गित रिलिज गरीएको हो । गितको शव्द र संगित सवंम गायक खडकाको रहेको छ । १५० वढी भिडियो निमार्ण गरेका विष्णु भट्टराईको निर्दैशनमा वनेको भिडीयो युवा पुस्ताले मन पराउने संभावना रहेको छ । यसै बर्ष sustari aayauचर्चामा रहेको भंगेरी चरीले तथा अन्जु पन्तको जव सम्म मैले सास, अफ्टेरोमा पा¥यो मायाले, पानी जहाज जस्ता दर्जनौ हिट भिडीयो र माई ब्रदर फिल्म वनाई सकेका भट्टराईले सुस्तरी सुस्तरी  भिडियो पनी भाईरल वन्ने वताउनु भयो ।

म्युजिक भिडीयोमा गायक खडका र प्रतिभा सुवेदीले मोडलिंग गरेका छिन । म्युजिक भिडीयो दांगमा छायांकन गरीएको छ । म्युजिक भिडियो ७० हजारको लागतमा तयार भएको निर्देशक भट्टराईले बताए ।युवा पुस्ताले आर्कषण रहेको रोमान्टिक टाईपमा गित वनेको छ । दर्शक तथा श्रोताले रुचाउने विश्वास लिएको गाएक किरण खडकाले वताउनु भयो । गित निमाणमा धेरै मेहनत गरेको छु । गितको हरेक भाव अनुसार दृश्य सम्पादन भएको छ । मेहनतको फल अवश्य मिल्ने छ । र्दशक तथा स्रोताले मन पराई दिनु हुनेछ भन्ने आशा लिएको नव गायक किरण खडकाको भनाई थियो । दुई वर्ष अगाडी के सारो माया यो बाट सांगितीक यात्रा सुरु गरेका खड्काले  तिम्रै लागी, जुनि जुनि, तिम्रो मायामा लगायतका गित यस अगाडी रिलिज भई सकेको छ ।