विश्वकप फुटबलको पहिलो खेलमा नेपाल विजयी

काठमाडौं, वैशाख २९-

रुसको मस्कोमा शुक्रबारदेखि सुरु भएको सडक बालबालिकाको विश्वकप फुटबल अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ ।

प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा केन्यालाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा पवन शाही र सन्तोष खत्रीले गोल गरे ।

प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा केन्या र ताजकिस्तान पनि छन् ।

स्ट्रिट चाइल्ड वल्र्डकप ‘द फ्यूचर डिपेन्ड्स अन यू’ प्रतियोगितामा नेपालबाट सेल्टर आश्रय नेपालले संयोजन गरेको छ ।

नेपाली टिमका सदस्यहरुमा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन विश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनविर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन् । साभार उज्यालो अमलाईनबाट