चार दलको बैठक निष्कर्ष्विहीन, राजपा सँग आज पनि छलफल गरिने

काठमाण्डौ,असार,१

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहित मुख्य तीन दल र राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संविधान संशोधन, स्थानीय तहको सङ्ख्यामा वृद्धि र राजपालाई निर्वाचनमा सहभागी गराउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न हिजो बेलुका बसेको बैठकले आज पुनःबस्ने गरी बिनानिष्कर्ष टुङ्गिएको हो ।

बैठकमा (एमाले) ले असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सार्न नहुने स्पष्ट धारणा राखेको नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।यस्तै,सत्तारुढ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा ल्याउन सक्दो प्रयास भइरहेको बताउनु भयो ।

बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले भने सरकारलाई चुनावको वातावरण बनाउन आग्रह गरेका थिए । सरकारले वातावरण बनाएमात्रै निर्वाचनमा जान सकिने राष्ट्रिय जनता पार्टी, नेपालका नेता सरदसिंह भण्डारीले बताउनु भयो ।सरकारले राष्ट्रिय जनता पार्टी निर्वाचनमा आउन लिखित रुपमै सहमत भए स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गर्ने तयारी पनि गरेको छ ।