उद्योगी तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरी (फाईल तस्विर )

काठमाडौं,भदौ,१२-चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

उहाॅंले आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिरहेको बारेमा सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिनुभएको हो ।

उहाॅंले आफ्नो सम्पर्कमा रहेका सबैजनालाई सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ ।आफूलाई कोरोना पुष्टि भएपनि अहिलेसम्म कुनै लक्षण नदेखिएको ट्विट गर्दै बताउनु भएको छ ।