काठमाडौं,मंसिर,१६-कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा जापान प्रवेश गरेको छ ।
बिहिवार राती खालिफा अन्तराष्ट्रिय स्टेडियममा स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो ।
त्यसपछि खेलको ५१ औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २-१ को जित दिलाए ।जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
जापानले ३ खेलमा ६ अंक जोड्यो ।पराजित स्पेनले ३ खेलमा ४ अंक जोड्यो ।स्पेन पनि समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
यसैविच :जर्मनी भने कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।
अल बायत स्टेडियममा बिहीबार राति कोस्टारिकालाई ४-२ गोल अन्तरले पराजित गरेपनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो ।
रोमान्चक खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, ५८ औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १-१ गोलको बराबरीमा ल्याए ।
७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाए ।खेलको ७३ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका काइ हार्भट्जले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा ल्याए ।
खेलको ८५ औं मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३-२ को अग्रता दिलाए ।त्यसपछि खेलको ८९ औं मिनेटमा निकलस फुल्करुगले गोल गर्दै जर्मनीलाई ४-२ को जित दिलाए ।
जितका बाबजुत समूह ‘ई’ मा जर्मनी तेस्रो स्थानमा रह्यो । र, प्रतियोगिताबाट बाहिरिएको छ।जर्म्मानी लगातार दोस्रो पटक समूह चरणबाट बाहिरिएको हो ।
जर्मनीले ३ खेलमा ४ अंक जोड्यो ।यस समूहमा स्पेन ४ अंक जोडेपनि गोल अन्तरमा अघि रहदै दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको छ ।कोस्टारिका ३ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।खेलपाटीबाट