युक्रेनको लिमान शहर रूसबाट फिर्ता

काठमाडौं,असोज,१७-युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रूसले कब्जा गरेको चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक शहर लिमानलाई रूसी सेनाबाट खाली गरिएको बताउनुभयो ।

मस्कोको आक्रमणविरूद्ध युक्रेनले हप्तौं लामो प्रतिआक्रमणको एउटा विशेषताका रूपमा रहेको यो पछिल्लो घटनाक्रम कीभ र पश्चिमको निन्दाका वावजुद रूसले कब्जा गरिएका युक्रेनी भू–भागलाई अन्तिम रूप दिन अघि बढिरहेका बेला भएको हो ।

मस्कोको सेनाले हप्तौंसम्म प्रयास गरेको लिमानको पुनः कब्जाले क्रेमलिनले आफ्नो दाबी गरेको क्षेत्रमा युक्रेनी सेनाको पहिलो विजय हो र सबै सम्भव तरिकाले प्रतिरक्षा गर्ने कसम खाएको बताएको छ । युक्रेनले सेनाले शनिबार लिमानमा प्रवेश गरेको बताएको छ ।

यसपछि मस्कोले शहरबाट आफ्ना सनिकहरूलाई फिर्ता गर्ने घोषणा गरेको छ । जेलेन्स्कीले एक भिडियो सम्बोधनमा देशको पूर्वी डोनबास क्षेत्रका थप क्षेत्रहरू यसै हप्ताभित्र पुनः कब्जा गर्ने प्रतिबद्धता व्ष्क्त गर्नुभएको थियो ।