निन्जा सफ्टवेयर सर्भिस प्रालीले मनायो आफ्नो प्रथम वार्षिकोत्सव

नेपालगन्ज,बैशाख,२१-


निन्जा सफ्टवेयर सर्भिस प्रालीले शनिबार(आज) आफ्नो प्रथम वार्षिक उत्सव भव्य तरिकाले मनाएको छ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न १० मा रहेको सफ्टवेयर निर्माण गर्ने, वेभसाईट डिजाइन गर्ने, र अाई -टी- सम्वन्धी सम्पूर्ण कामगर्ने निन्जा सफ्टवेयर सर्भिस प्रालीले आफ्नो प्रथम वार्षिकोत्सव नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा एक कार्यक्रम गरी मनाएको हो।

वार्षिक उत्सव समारोहको प्रमुख अतिथिमा कम्प्युटर एशोसियसन नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष संजय थापा रहनु भएको थियो भने विशिष्ट अतिथिमा कम्प्युटर एशोसियसन महासंघ बाँके क्यानका अध्यक्ष भोजराज तिमिल्सिना रहनु भएको थियो।

 

त्यस्तै अतिथिहरुमा नेपालगन्ज टेक्निकल कलेजका प्रिन्सिपल दिपक बि-सी- , नेपालगन्ज टेक्निकल स्कुलका प्रिन्सिपल दामोदर ढकाल, बाणिज्य कार्यालय नेपालगन्जका कार्यकारी निर्देशक कृण्ण प्रसाद पौडेल , अोमेगा ईन्स्टिच्युट अफ होटेल म्यानेजमेन्टका प्रवन्ध निर्देशक छत्रपति सिंह, अनेरास्ववियु बाँकेका सचिव टेकेन्द्र मल्ल, नेपालगन्ज टेक्निकल कलेज सामान्य चिकित्सक बिभागका कोर्डिनेटर बिबेक चौधरी , सिभिल बिभागका कोर्डिनेटर बिनोद लामिछाने , टेक्निकल स्कुलका कोर्डिनेटर पवन कैराती,शिक्षक भरत पोखरेल ,ममता जोशी , लेखा अधिकृत गौतम श्रेष्ठ लगायतका रहनु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा क्यान बाँकेका अध्यक्ष भोजराज तिमिल्सिनाले यस कम्पनीले थुप्रै सरकारी, गैरसरकारी संस्थाहरुको वेभसाईट बनाएकोमा खुसी व्यक्त गर्नु भयो । त्यसैगरी क्यान नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष संजय थापाले नयाँ जोश र जागरका साथ स्थापना गरिएको कम्पनीलाई क्यानले सक्दो सहयोग गर्ने बताउनु भयो ।

कम्पनीका प्रवन्ध निर्देशक रमेश बि-सी-ले स्थापना कालमा एउटा सानो कोठाबाट शुरु गरेकोमा यस कम्पनीले अाज अाफनो नाम कमाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रमा कम्पनिका अध्यक्ष अाशिष चटौतले कम्प्युटर क्षेत्रमा उत्कृष्ट काम गर्न सफल रहेको निन्जा सफ्टवेयर सर्भिस प्रा-लि- का सम्पूर्ण सहयोगी साथीहरू , क्यान बाँके, नेपालगन्ज टेक्निकल कलेज, लगायतका संघसंस्था , शुभेच्छुक सबैलाई विशेष धन्यवाद दिनु भयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष चटौतले निन्जाका कोर्डिनेटर नरेश रैसाललाई रातदिन खटेर कम्पनी लाई यहाँ सम्म पुर्‍याउन सहयोग गरेकोमा अाभार व्यक्त गर्नुभएको थियोे ।

निम्वल स्कुलका शिक्षक शान्त बहादुर बुढाले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा विभिन्न कलेजमा अाई टी सम्वन्धि अध्ययनरत विद्यार्थीहरु, पत्रकार , संघसंस्थाका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।