विद्यार्थीले आफैले पैसा उठाएर सेनेटरी प्याड किने

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,१९-

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा १२ स्थित जाल्पा माध्यामिक विद्यालयमा अध्ययरत विद्यार्थीहरु आफैले पैसा उठाएर सेनेटरी प्याट खरिद गरेका छन् । महिनावारी हुँदा समेत नियमित बिद्यालयमा आउन विद्यालयका छात्रहरु आफैले रकम संकलन गरेर खरिद गरेका हुन् ।

विद्यालयले उनीहरुलाई सेनेटरी प्याड भण्डारण गरेर आवश्यक परेका बेला वितरण गर्ने गरेको छ । विद्यालयमा आर्थिक स्रोत नभएपछि विद्यार्थीहरु आफैले रकम संकलन गरेर खरिद गरेको विद्यालयका प्रधानाध्यापक रत्न बहादुर खत्रीले बताए ।

महिनावारी भएको समयमा विद्यार्थी नआउने समस्या हटाउन विद्यार्थीहरुकै पहलमा प्याड गरिद गरेर वितरणको व्यवस्था गरिएको हो । विद्यालयले सेनेटरी प्याड परिर्वतन गर्ने कक्ष पनि तयार गरिदिएको छ । यसले विद्यार्थी नियमित आउने गरेको खत्रीले बताए ।

यस्तो व्यवस्थापछि महिनावारी भएका विद्यार्थीहरु समेत नियमित आउने गरेका छन् ।सेनेटरी प्याडको विद्यालयमै व्यवस्था भएपछि विद्यालय आउन सहज भएको विद्यार्थीहरुले बताएका छन् । यसरी विद्यालयमै सेनेटरी प्याड व्यवस्थान गर्ने ओखलढुंगाको पहिलो सामूदायिक विद्यालय हो ।

विद्यार्थीहरु आफैले संकलन गरेको पैसाले गरिद गरेको प्याड विद्यालयमा राख्न दिइएको र विद्यार्थीहरुले आवश्यक परेको समयमा मागेर प्रयोग गर्ने गरेको शिक्षिक मैया श्रेष्ठले जानकारी दिए । विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले विद्यार्थीहरुले नै खरिद गर्नु परेको शिक्षिका श्रेष्ठले बताएका छन् ।