एक्सपर्टले नेपालगञ्जमा ठूलो धनराशी पुरस्कार सहितको हाजिरी जवाफ प्रतियोगिता गर्दै

नेपालगन्ज, फाल्गुन,२-
नेपालगञ्जमा एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजद्वारा वृहत हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिने भएको छ।

आगामी फागुन ६ गतेदेखि नेपालगञ्जमा ‘दोस्रो एक्सपर्ट कलेज स्तरिय हाजिरी जवाफ प्रतियोगिता–२०७५’ को आयोजना गर्न लागेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज नेपालगञ्ज शाखा प्रमुख ईश्वरी प्रसाद आचार्यले जानकारी दिनु भयो ।

बाँकेको नेपालगञ्ज नगर, खजुरा गाउँपालिका र कोहलपुर नगरपालिका लगायत जिल्लाका सम्पूर्ण सामुदायिक तथा निजी कलेजहरुका विद्यार्थीहरुबिच हाजिरी जवाफ प्रतियोगिता गराईनेछ ।

जिल्लामा भएका सामुदायिक तथा निजि कलेजहरुका फरक–फरक संकायका विद्यार्थीहरुविच प्रतिस्पर्धा गराईने छ । प्रत्येक संकायबाट बिजेता हुने टिमलाई नगद दश हजार रुपैयाको पुरस्कार दिइने छ ।
प्रतियोगितामा फरक–फरक संकायको प्रतिस्पर्धाबाट बिजेता टिमहरुको पनि प्रतियोगिता आयोजना गरिएको छ । जसबाट बिजयी हुने टिमलाई नगद रु २५ हजार पुरस्कार दिईने छ ।

नगदसहित ट्रफि, मेडल, प्रमाण–पत्र साथै विशेष उपहारसमेत दिईने आयोजक संस्थाका नेपालगञ्ज प्रमुख आचार्यले जानकारी दिनुभयो ।
फागुन ६ गते विहान ११ बजेको समय तालिकामा नेपालगञ्ज धम्बोझी चोकस्थित रहेको होटल के कम्प्लेक्समा आयोजना गर्न लागिएको उक्त हाजिरी जवाफ प्रतियोगितामा विद्यार्थीहरुमा लुकेर रहेको बहुप्रतिभालाई अतिरिक्त क्रियाकलापको माध्यमबाट उजागर गरी उनिहरुको व्यक्तित्व र नेतृत्व विकासमा टेवा पु¥याउने उद्देश्यका साथ एक्सपर्टले नेपालगञ्जमा ठूलो धनराशी पुरस्कारसहितको हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

एक्सपर्टले २०७४को माघ महिनामा आयोजना गरेको प्रथम एक्सपर्ट कलेज स्तरिय हाजिरी जवाफ प्रतियोगिता–२०७४को अपार सफलतापछि बा“केका कजेजस्तरका विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।
प्रतियोगितामा कक्षा ११ देखि स्नातकह तहसम्ममा अध्ययन गर्ने विभिन्न संकायका विद्यार्थीहरुलाई सहभागिताको लागि मान्यता दिईएको छ ।

प्रतियोगितको लागि नाम दर्ता यहि फागुन ३ गते बेलुका पा“च बजेसम्मको समय दिईएको आयोजकले जानकारी दिएको छ ।
आ–आफ्नो संकायको टिम दर्ताको लागि भने कुनै शुल्क तिर्नुपर्ने छैन ।
सबै कलेजहरुमा जानकारी भईसकेको र कथंकदाचित जानकारी प्राप्त नभएको खण्डमा कालपृष्ठमा जारी गरिएको सूचनालाई आधारमानि गरिमामय सहभागिताको लागि आह्वानगरिएको एक्सपर्टले जनाएको छ ।

एक्सपर्टले उच्च शिक्षा हा“सिलको लागि अष्ट्रलिया जान चाहाने विद्यार्थीहरुको लागि सम्पूर्ण सेवाहरु नेपालगञ्ज शाखाबाट प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज नेपालगञ्ज शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो ।