चितवन,कार्तीक,१६-
नेपालबाट बाहिर बिभिन्न देशहरुमा छरिएर रहेका चितवनेहरुको साझा संस्था चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल द्वारा आयोजित भेटघाट तथा पिकनिक कार्यक्रम शनीवारका दिन रत्ननगर नगरपालिका ७ मा रहेको रमाइलो डाडामा भव्यताका साथ सम्पन्न गरेको छ।
भर्खर मात्र सम्पन्न छैंठो साधारण सभा तथा तेस्रो विश्व सम्मेलनबाट नवनिर्बाचित कार्यसमिति तथा चाडपर्ब मनाउन आफ्नो जन्मथलो आएका बिभिन्न ९ वटा देशमा क्रियाशील चितवन बासीहरुको संस्था चितवन समाजलाई जोड्दै भेटघाट तथा सहयोग आदान प्रदान गर्ने कामलाई निरन्तरता दिने कार्य यस समन्वय समितिले गरेको संस्थाका सचिव निमकान्त पाण्डे ले जानकारी दिनुभयो ।

