प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिका लागि सारियो

काठमाडौं,असार,२४-प्रतिनिधि सभाको बैठक भोलि सम्मका लागी सारिएको छ।नेकपा एमालेले उठाएको प्रश्नमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र संसद सुचारु गर्ने समझदारी भएनी दलहरु आरोप प्रत्यारोपमा उत्रीएपछि भोली सम्मका लागी सारिएको हो।

गत हप्ता सोमबार प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिनुभएको थियो।

यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर गत बुधबारदेखि राष्ट्रिय र प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आइरहेको छ।प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने एमालेले अडान राख्दै आएको थियो।

निरन्तर संसद बैठक अवरुद्ध भइरहेपछि प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग समवाद गर्नुभएको हो।