प्रतिनिधि सभा बैठक बुधबार सम्मका लागि स्थगित

फाईल तस्विर !!
काठमाडौं,फागुन,२३-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।बैठक यही फागुन २६ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो।
 
प्रतिनिधि सभा पुनस्र्थापनापछि आइतबार बसेको संसदको बैठकमा पेश भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोधमा कांग्रेसले बैठक अवरुद्ध गरेपछि संसद बैठक स्थगित गरिएको हो।