व्यवस्थापिका ससद बैठक आज

काठमाडौं,असोज,९-

व्यवस्थापिका ससद बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद विस्तार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुची रहेको छ ।

आजको बैठकमा अर्थ समितिाका सभापति प्रकाश ज्वालाले अन्तर-सरकारी वित्त विद्येयक सम्बन्धी समितिको प्रतिवेदन २०७४,राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग विद्येयक सम्बन्धी समितिको प्रतिवेदन २०७४ पेश गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा विद्यायन समितिका सभापति गंगा चौधरीले देवानी संहिता विद्येयक सम्बन्धी प्रतिवेदन २०७४, देवानी कार्यबिधी संहिता विद्येयक सम्बन्धी पुरक प्रतिवेदन २०७४, प्रधान न्यायाधीश तथा सर्वाेच्च अदातलका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्त सम्बन्धी प्रतिवेदन २०७४,उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विद्येयक २०७४ प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

आजको बैठकमा गृहमन्त्री जनार्जन शर्माले विपद जोखिम न्यूनिकरण तथा व्यस्थापन विद्येयक २०७४ माथिको दफावार छलफल सदनमा गरियोस भनि प्रस्ताव पेश गर्नुहुने छ भने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी बनेको विद्येयक २०७४ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुची रहेको छ । बैठकमा अन्य समसामयिक विद्येयकमाथि पनि छलफल हुने छ ।नेपालवाणीवाट