मधेसको विषयमा ठोस निर्णय नआए निर्वाचन गर्न गाह्रो हुन्छः प्रमुख आयुक्त यादव

काठमाडौँ, चैत २४-
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनका सम्बन्धमा मधेसमा उठ्दै आएको स्याबारे यथाशक्य छिटो ठोस निर्णयमा पुग्न सरकारलाई सुझाव दिनुभएको छ ।निर्वाचन आयोगद्वारा आज ललितपुरको गोदावारीमा आयोजित निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा आजै बेलुकासम्म नेपाल सरकारबाट ठोस निर्णय आउन सकेन निर्वाचन गर्न अप्ठेरो हुने बताउनु भएको हो ।

धेरै मतदाता भएका मधेसका जिल्लाको मतपत्र र मतदाता परिचयपत्र छपाइ थालिहाल्नु पर्ने समय भइसकेकाले त्यसअघि नै सरकारबाट ठोस निर्णय हुन आवश्यक छ’, उहाँले भन्नुभयो सरकारबाट त्यो हुन नसके आयोग दृढतापूर्वक सबै क्षेत्रको मतपत्र छपाइ गरेर निर्वाचनको पूर्ण तयारीमा जुट्ने बताउनुभयो ।

नेपाल सरकारबाट निर्वाचनमा खटिएर जाने कर्मचारीलाई काम गर्ने अनुकूल वातावरण र सुरक्षाको पूर्ण प्रत्याभूति हुन आवश्यक रहेको बताउँदै उहाँले आयोगले जटिलताको बीचमा पनि जिल्लामा मतदाता शिक्षा, मतदाताका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरेर अघि बढिरहेको जानकारी दिएनुभयो ।