सभामुख महरामाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न : गगन थापाको माग

काठमाण्डौं,असोज,१४-

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न माग गर्नु भएको छ ।

मंगलबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले निष्पक्ष अनुसन्धानको लागि सभामुखले पदबाट राजीनामा दिनुपर्ने भन्दै आम नागरिकलाई कानुनले जसरी हेर्छ सभामुखलाई पनि त्यसरी नै हेर्नुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो घटना क्रमबाट नेपाल प्रहरीले आफ्नो शाख गुमाएको आरोप लगाउँदै यस घटनाबाट प्रहरीले आफ्नो शाख फर्काउने मौंका समेत पाएको बताउनुभयो ।

यसैबिचनेता थापाले नेपाली काँग्रेसका सबै तहका विवाद तिन दिन भित्र टुंगो लाग्ने दावी समेत गर्नुभयो ।काँग्रेसले बनाएको छाँया सरकारले काम गर्न नसकेको स्वीकार गर्दै उहाँले त्यसको समिक्षा पनि छिट्टै हुने बताउनुभयो ।