जनताले निर्वाचनमा आफ्नाे विवेकलाई उच्चतम प्रयोग गर्छनः सिटौला

झापा,कात्तिक,२३-

नेपाली काँग्रेसका नेता एवं झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सार्वभौम नेपाली जनताले आसन्न निर्वाचनमा आफ्ना विवेकलाई उच्चतम प्रयोग गर्ने आशा व्यक्त गर्नुभएको छ ।

झापाको भद्रपुरमा आज पत्रकारसँग भेटघाट गर्दै उहाँले विगतमा आफूले जनताको संविधान बनाउँछु भनेर आफूले मत मागेको र उक्त काम पूरा गरेकाले नै जनताले आफूलाई यस क्षेत्रबाट आफूलाई प्रतिनिधि बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उम्मेदवार सिटौलाले संघीय प्रणालीमा मुलुक गइसकेपछि पहिलो निर्वाचनमा समृद्ध राष्ट्र निर्माण गर्न र जनताको संविधानलाई संस्थागत एवं संरक्षण गर्न आफूले उम्मेदवारी दिएको उल्लेख गर्नु भयो ।