टीकापुर घटनाका सबै मुद्दा फिर्ता

काठमाडौं ,जेठ  ५-

सरकारले थरुहट मधेस आन्दोलनसँग सम्बन्धित सबै मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

यसअघि सर्वोच्च अदालतले राजनीतिक आन्दोलनसँग सम्बन्धित सबै मुद्दा फिर्ता लिने सरकारी निर्णय बदर गरेको नजिर भए पनि सरकारले फेरि मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

कैलाली घटना र मधेस आन्दोलनका केही घटना निकै संवेदनशील र गम्भीर मानिँदै आएको छ ।

अदालतको विगतको नजिर र कार्यविधिको अड्चनका कारण मधेस(थरुहट आन्दोलनका मुद्दा फिर्ता प्रस्ताव अघि बढाउन गृह मन्त्रालयले समेत आलटाल गरेको थियो ।

तर मन्त्रिपरिषद् बैठकले ठाडो प्रस्तावमा उक्त निर्णय गरेको हो । बैठकले मुद्दाको संख्या भने तोकेको छैन । बैठकले कानुन मन्त्रालयलाई यसको प्रस्ताव तयार गर्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले थरुहट मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्विकार्दै सबै मुद्दा फिर्ता गर्ने निर्णय गरेको हो । आजको अन्नपूर्णमा खबर छ ।