पशुचौपाय ब्यवस्थापनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता

बाँके,पुस ५-पछिल्लो समयमा नेपालगंज बजार देखिएको छाडा पशुचौपायाका कारण सडक दुर्घटना हुने सम्भावनालाई मध्यनजर गर्दै उचित ब्यवस्थापनको माग सहित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गरेका छन् ।

कानूनी सहयोग तथा परामर्श केन्द्र ल्याक तर्फबाट अधिवक्ता सुनिता शर्मा र गणेशमान केसीका साथै उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले संयुक्त निवेदन मार्फत छाडा पशुचौपाया ब्यवस्थापन माग गरेका हुन् ।