जुम्लामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला,पुस ५-जुम्लामा ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । डोल्पाबाट जुम्लाको खलंगाका लागि छुटेको भे १ त ६८४२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा लंक रोकायाको ज्यान ग्एको प्रहरी नायव उपरीक्षक विष्णु काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनामा मिरा बुढा घाइते हुनुभएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टरमै रहेका निर्दोष रोकाया खोलामा बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।