कुशे गाउँपालिकामा कांग्रेसका हरिशचन्द्र विजयी

जाजरकोट,जेठ,२-

जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र बस्नेत निर्वाचित भएका छन् ।

जिल्लाका ७ स्थानीय तह मध्ये मत परिणाम घोषणा भएको यो पहिलो स्थानीय तह हो ।

जाजरकोटका मुख्य निर्वाचन अधिकृत हरिबहादुर बुढाका अनुसार शिवालय गाउँपालिकाको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

केही समयमा शिवालय गाउँपालिकाको अन्तिम मत परिणाम पनि सार्वजनिक हुने छ ।