नेपालमा एकैदिन १९३ जनाको मृत्यु,७९१४ कोरोना संक्रमित,७६६४ संक्रमणमुक्त

काठमाडौ,जेठ,९-नेपालमा कोरोना भाइरसबाट आइतबार १९३ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएकासँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ ।

आइतबार एकैदिन ७ हजार ९१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।१८ हजार ९६५ जनाको पीसीआर परीक्षणबाट ७ हजार ५९८ तथा ९६१ जनाको एन्टीजेन परीक्षणबाट ३१६ जना संक्रमित पुष्टि भएका हुन् ।

परीक्षणको ३९ दशमलव ७१ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो ।थपिएकामा काठमाडौंका १७६१, ललितपुरका ६९४, रुपन्देहीका ४२९, कास्कीका ४०१, मोरङ्गका ३८३ तथा भक्तपुरका ३६६ जना हुन् ।

आइतबार थप ७ हजार ६६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।संक्रमणमुक्त हुने दर ७६ दशमलव ३ प्रतिशत रहेको छ ।योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९१ हजार ३४८ पुगेको छ ।

अहिलेसम्म ५ लाख १३ हजार २४१ जना संक्रमित भइसकेका छन् ।हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ रहेको छ ।