जेष्ठ नागरीकहरूलाई सम्मन कार्यक्रम सम्पन्न

के-पी-घिमिरे/
नेपालगन्ज,बैशाख,९-
बाॅके जिल्लाको राप्ती सोनारी गाउ पालिकामा वडा न १ खासकुश्मामा आज एक कार्यक्रमक गरेर जेष्ठ तथा बृद्ध नागरीकहरूलाई सम्मान गरिएको छ ।गाउ पालिका वडा अध्यक्ष चन्द्र बहादुर ओलीको सभापतित्व तथा गाउ पालिका प्रमुख लाहुराम थारूको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा महिला बृद्धहरुलाई छाता, बुलाउच, चोली , धोती र नगद दिईएको थियो भने पुरूष बृद्दहरूलाई कमिज, सुरूवाल, नगल तथा छाता दिएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै गाउ पालिका प्रमुख लाहुराम थारूले सबैले आ आफनो ठाउबाट यस्ता बयो बृद्दलाई माया गर्नु पर्ने बताउनु भएको थियो ।

आजभोली घरमा छोरा बुहारीहरूले हेला गरेर बुढा भएका आमा बाबु बृद्धाआश्राममा जाने गरेका छन् । आफूहरू पनि बृद्द हुने हुदा घरमा सबैले माया गर्नु पर्ने वडा अध्यक्ष चन्द्र बहादुर ओलीले बताउनु भयो उक्त कार्यक्रममा १११ एक सय एघार जना जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको वडा अध्यक्ष ओलीले बताउनु भयो ।