फास्ट ट्रयाक निर्माण गर्न भारतको पुनः प्रस्ताव

काठमाडौं,चैत १७-
नवनियुक्त भारतीय राजदूत मन्जीवसिंह पुरीले फास्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनीलाईृ दिन पुनः प्रस्ताव गरेका छन्। बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग मन्त्रालयमा भएको औपचारिक भेटमा उहाँले यस्तो प्रस्ताव गर्नु भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिलो पटक सन् २००८ मा पिपिपी मोडलअन्तर्गत फास्ट ट्रयाक निर्माण आयोजना निर्माण गर्ने आसयपत्र आह्वान गरेको थियो।

त्यसपटक भारतका दुई बहुराष्ट्रिय कम्पनीहरु ल्यान्डमार्क र रिलायन्स सर्टलिस्टमा परेका थिए। तर, त्यसपछि कुनै पनि प्रक्रियामा आयोजना प्रवेश गरेन। दोस्रो पटक सन् २०१२ मा पुन बोलपत्र आह्वान गरिएको थियो।

भेटमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले फास्ट ट्रयाक आयोजना निर्माणका लागि भारतीय प्रस्ताव ढिला भइसकेको बताउनु भएको खबर अबजको नयाँ पत्रिका दैनिकमा छ ।