भारतमा जातीय दंगामा परी ५४ जनाको मृत्यु, १ सय घाइते

दंगा नियन्त्रण गर्न अर्धसैनिक परिचालन

एजेन्सी,बैशाख,२४-भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भड्किएको जातीय दंगा नियन्त्रण गर्न भारत सरकारले अर्धसैनिक बल परिचालन गरेको छ।

गत बुधबारदेखि सुरु भएको दंगा नियन्त्रण गर्न राज्य सरकार असफल भएपछि केन्द्र सरकारले अर्धसैनिक बलका थुप्रै टुकडी त्यहाँ तैनाथ गरेको हो।हिंसामा परी मृत्यु हुनेको संख्या ५४ पुगेको छ।राजधानी इम्फालमा मात्रै करिब २० जनाको मृत्यु भएको छ।

दंगामा १ सय भन्दा बढी घाइते भएका छन्।दुई समुदायबीच भड्किएको दंगाले भौतिक सम्पतिमा पनि ब्यापक रूपमा क्षति पुर्याइएको छ।५ सय घर तथा चर्चहरुमा आगो लगाइएको छ। कतिपय भागेर छिमेकी राज्य नागाल्याण्ड पुगेका छन् ।

मणिपुरको बहुसंख्यक समुदायले राजधानी इम्फाल भन्दा बाहिर जग्गा जमिन तथा घर किन्न पाउने गरी विधान सभाले कानून बनाएको थियो।त्यस पश्चात अल्पमतमा रहेको जनजाति समुदाय विरोधमा उत्रिएपछि हिंसा भड्किएको थियो ।