छोरी बलात्कारी गर्ने बुबालाई जन्मकैद, नातिनी बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद

अर्घाखाँची,माघ,१७-जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ ।

अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो ।

जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्त श्रेस्तेदार नारायणबहादुर भट्टराईले बिहीबार जानकारी दिनुभयो  ।

गत साउन २ गते  जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । १० वर्षभन्दा कम उमेरका बालबालिकालाई जबर्जस्ती करणी गरेमा कानूनमा अनुसार जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताउनुभयो ।

त्यस्तै अदालतले सन्धिखर्कको डिभर्नामा पाँच वर्षीया नातिनीलाई बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद र ४० हजार जरिवानाको फैसला  गरेको उनले जानकारी दिनुभयो  ।रासस