दुबै निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमाले इच्छुक : अध्यक्ष ओली

काठमाडौं,बैशाख,२०-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुबै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताउनुभएको छ ।

गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई पत्तासाफ गर्ने दाबी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको व्यंग्य गर्नुभयो ।

गठबन्धनका कारण एमालेलाई धेरै फाइदा पुगेको ओलीको टिप्पणी छ । पाँच दल मिल्दा पनि एमालेलाई हराउने हिम्मत गठबन्धनसँग नभएकोले वैशाख ३० को निर्वाचनमा एमालेको बहुमत आउने उहाको भनाई छ ।