यूनाईटेड एजुकेसनद्वारा क्रीकेटर अभिनास बोहरालाई भव्य सम्मान

नेपालगन्ज,माघ,२४-
यसै साता सम्पन्न युएई बिरुद्धको मैत्रीपूर्ण टि-२० अन्तर्राष्ट्रिय शृंखलामा प्लेयर अफ दि सिरिज घोषित अभिनास बोहरालाई नेपालगन्जको मुक्तिपुरमा अवस्थित यूनाइटेड एजुकेसन एकेडेमी मुक्तिपुर १२ नेपालगन्जले बिहिबार स्वागत सहित भव्य सम्मान सम्मान गरेको छ।

प्राचार्य बिकास ब्रद्रचार्या,निर्देशक गणेश पाठक, शिक्षक तरुण बद्रचाय,सतानन्द उपाध्यय लगायतले खादा ओढ्ाएर सम्मान गर्नु भएको थियो । बोहोरा नेपालगन्ज १२ निबासी हुन ।
सम्मान कार्यक्रममा यूनाइटेड स्कुलका सम्पुर्ण शिक्षक शिक्षिका लगाएत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो। बोहराले टि २०- क्रिकेटको डेव्यु प्रतियोगिताम नै ६ बिकेट लिएका थिए ।