भारतमाथि पाकिस्तानको सानदार जित

काठमाडौं,कार्तिक,८-पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

दुबईमा आइतबार राति चिरपरिचित प्रतिद्वन्दी भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुआत गरेको हो ।

यससँगै पाकिस्तानले विश्वकपमा भारतमाथि पहिलो पटक ऐतिहासिक जित निकालेको छ ।

यस अघि पाकिस्तानले विश्वकपमा भारतलाई हराउन सकेको थिएन । यस्तै भारत पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रियमा १० विकेटले पराजित भएको छ । 

Image

भारतले दिएको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा बिना विकेटको क्षतीमा पूरा गर्यो ।

पाकिस्तानको जितमा कप्तान बाबर आजम र मोहमद रिजवानले अर्धशतकीय इनिङ्स खेले ।

रिजवानले अविजित रहदै सर्वाधिक ७८ रन बनाए । कप्तान आजम ६८ रनमा अविजित रहे ।  

Image

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।ऋषव पन्त ३९ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन बनाए ।

Image

रविन्द्र जडेजाले १३, हार्दिक पान्डयले ११, केएल राहुल ३ रन जोड्दा रोहित शर्मा सुन्य रनमा आउट भए ।

भुवनेश्वर कुमारले अविजित ५ रन जोड्दा मोहमद शामी सुन्य रनमा अविजित रहे ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए ।हसन अलिले २ तथा शादब खान र हरिस राउफले १/१ विकेट लिए ।

Image

जितसँगै पाकिस्तानले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ ।पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहेको छ ।

उपाधि दाबेदार मानिएको भारतले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

Image