काठमाडौंको नैकापमा बम पड्कियो

कुनै मानवीय क्षति नभएको प्रहरीको भनाई

काठमाण्डौं,मंसिर,२१-

काठमाडौंको नैकापमा बम पड्किएको छ। नैकापमा बाँसको झ्याङ्गमा बम पड्किएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले जानकारी दिनुभयो 

‘घरहरु भन्दा टाढा ५ सय मिटर बम पड्किएको छ,’ कुनै मानवीय क्षति नभएको बताउनुभयो । उहाँका अनुसार त्यो बम तत्काल पड्काउन घरमै बनाएकोे सामान्य बम भएको बताउनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको बम पड्किएको स्थान वरिपरी सर्च अप्रेसन गरिरहेको उहाँले बताउनुभयो ।

बम पड्किए पनि त्रसित नबन्न उनले सर्वसाधारणसँग आग्रह गर्नु भएको छ । प्रहरी र म्यादी गरी उपत्यकामा १४ हजार प्रहरी खटिएका छन्। सेतोपाटीबाट साभार